२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

भुवन केसीद्धारा साम्राज्ञीविरुद्ध १० करोडको मुद्दा दायर

९ साउन, काठमाडाैँ । नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेका छन् । केसीले शुक्रबार दिउँसो  काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । उनले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेका हुन् ।

असार १२ गते नायिका शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुर्व्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो ।पछिल्लो समय केसीबाट आफू पीडित भएको भन्दै शाहले भिडिओ सन्देश सार्वजनिक गर्दैआएकी छन् ।

प्रकाशित मिति : July 24, 2020 at 4:10 pm