गण्डकी प्रदेशमा थप १० जनामा काेराेना संक्रमण पुष्टि
९ साउन, पोखरा । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशका ४ जिल्लामा गरि १० जना काेराेना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा २ जना र पोखरा महानगरपालिकामा ३ जना रहेका छन् ।

लमजुङको क्होलासोथर १ जना , मध्यनेपालमा १ जना र बेशिँसहरमा १ जनागरि ३ जना काेराेना संक्रमित थपिएका छन् । बागलुङको तमानखोलामा १ जना र तनहूँको शुक्लागण्डकीमा १ जना काेराेना संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिएका छन् । याेसँगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३६० पुगेको छ ।
प्रकाशित मिति : July 24, 2020 at 11:45 am



