साउन १६ गतेदेखि एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने
९ साउन, काठमाडाैँ । एनआरएन इन्फ्रस्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम जारी पूँजी एक अर्ब १३ करोड २६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४६ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएकाे हाे ।
कम्पनीले प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर साउन १६ गतेदेखि निष्काशन गर्न लागेकाे हाे। कम्पनीले निष्काशन गर्न लागेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि आवेदन दिन सक्नेछन्। शेयर खरिदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २१ गते हुनेछ भने ढिलोमा भदौ ३ गते हुनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस् नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
हेर्नुहाेस् सूचनाः

प्रकाशित मिति : July 24, 2020 at 10:13 am









