९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृतककाे संख्या ४३ पुग्याे

८ साउन, काठमाडाैँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षिय वृद्ध रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार स्वास प्रस्वासमा समस्या आएपनि उनी नारायणी अस्पताल भर्ना भएका थिए ।

फाइल फाेटाे

उपचारकै क्रममा उनको साउन ७ गते मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

प्रकाशित मिति : July 23, 2020 at 4:48 pm