१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

भाइको मृत्यु पश्चात् महानायक हमाल भावुक हुँदै सेयर गरे यी तस्विर

८ साउन, काठमाडौँ ।  बुधबार अभिनेता राजेश हमालका भाइ राकेश हमालको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मृत्यु  भएकाे थियाे । भाइकाे बियाेगमा बुधबार मध्यराति नायक हमालले भाइसँग रहेका केही तस्विर सार्वजनिक गरेका छन् । हमालले भाइलाई काकु सम्‍बोधन गर्दै  भावुक हुँदै लेखेका छन्, ‘गुडबाई डियर काकु, तिम्रो आत्मालाई सधैँ शान्ति मिलिरहोस्।’

कलेजोकाे रोगबाट पिडित रहेका राकेशलाई केही दिनअघि उपचारका लागि दिल्ली लगिएको थियो। उपचारका क्रममा राकेशकाे ह्याम्स अस्पतालमा मृत्यु भएकाे थियाे । राकेशका श्रीमती र दुई छोरा-छोरी छन्। अभिनेता हमाल र राकेशको परिवारसँगै  बस्दै आएका छन्। राजेश हमाल अहिले काठमाडौँमै छन्।

 

प्रकाशित मिति : July 23, 2020 at 3:51 pm