१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बिहीबार नेप्सेमा ३ कम्पनीको बाेनस शेयर सूचिकृत, कुनकाे कति ?

८ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार ३ वटा कम्पनीको बाेनस शेयर सूचिकृत भएको छ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, समता लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाेनस शेयर सूचिकृत भएको स्टकले जनाएकाे छ ।


स्टकका अनुसार डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ लाख २० हजार २ सय ३१ कित्ता बाेनस शेयर सूचिकृत भएको छ । यसैगरी समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ९१ हजार ८ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । यस्तै, स्पर्स लघुवित्तवित्तीय संस्था लिमिटेडकाे १ लाख ७ हजार ८ सय ५१ दशमलव ९० कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार १३:०२