९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बुधबार १ सय जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १८ हजार नाघ्याे

७ साउन, काठमाडाैँ । बुधबार १ सय जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप १ सय जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १८ हजार ९४ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २०७ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ६८४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४२ जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 22, 2020 at 4:28 pm