काठमाडौँ उपत्यकामा थपिए ९ जना काेराेना संक्रमित
६ साउन, काठमाडौँ । मंगलबार काठमाडौँ उपत्यकामा ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा १ जनामा कोरोना पुष्टि भएको हाे।

स्वास्थ्य तथा जनसंख्या पछिल्लो २४ घण्टामा थप १ सय ५० जना कोरोना संक्रमण पुष्टि भएको हो। २४ घन्टामा देशभरका २७ प्रयोगशालामा देशभर ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ भने देशभर मंगलबार ६ सय ९ जना डिस्चार्ज भएका छन्।
प्रकाशित मिति : July 21, 2020 at 5:14 pm



