वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरद्धारा वृक्षारोपण
६ साउन, इटहरी । वीपी जयन्तीका अवसरमा इटहरी उपमहानगरले इटहरी १८ रहिपुरमा वृक्षारोपण गरेको छ । प्रमुख अतिथि संघीय सांसद सीताराम मेहता,विशिष्ठ अतिथि मेयर द्धारिकलाल चौधरी लगायतका जनप्रतिनिधि,राजनीतिक दलका नेताहरु र स्थानीयले वृक्षारोपण गरे । आँप,लिची,रुद्राक्ष,वेल,कपुर लगायतको जातका विरुवा रोपिएको छ ।

वृक्षारोपण अघि भएको कार्यक्रमलाई सम्वोधन गर्दै संघीय सांसद सीताराम मेहताले इटहरी उपमहानगरले वीपी जयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम राखेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले वीपी कोइराला एउटा पार्टीको मात्र नभई देशकै नेता भएको वताउनुभयो । मेयर द्धारिकलाल चौधरीले देशका लागि योगदान दिएका नेताहरुको स्मृतिमा उपमहानगरले वृक्षारोपण कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले देश र समाजका लागि योगदान दिएका ब्यक्तित्वहरुको नाममा स्मृति भवन र स्मारक वनाउन उपमहानगरले वजेट विनियोजन गरेको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा इटहरी अध्यक्ष वहादुर सिंह तामांग र काँग्रेस नगरसचिव प्रकाश वस्नेतले वीपी कोइरालाको योगदानको चर्चा गर्नुभयो । वडाध्यक्ष राम कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्य अन्जु चौधरीले स्वागत गर्नुभयो । इटहरी उपमहानगरले भोली पुष्पलाल स्मृति दिवसका अवसरमा विहान सात वजे इटहरी १४ नरभाषामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । उपमहानगरले यो वर्ष १ लाख विरुवा रोपेर संरक्षण गर्ने अभियान चलाएको छ ।
प्रकाशित मिति : July 21, 2020 at 1:49 pm



