९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

५ महिनापछि बैंकिङ कसुर मुद्दामा फरार भक्तपुरका २ जना पक्राउ

६ साउन, भक्तपुर । बैंकिङ कसुर मुद्दामा अदालतको फैसलाको अवहेलना गरी फरार रहेका भक्तपुर नगरपालिका–५ घर भई हाल सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने ५८ वर्षीय मधुराम प्रधानाङ्गलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । प्रतिभा नायभा श्रेष्ठको जाहेरी रहेको मुद्दामा भक्तपुर जिल्ला अदालतले विसं २०७६ माघ २७ गते पाँच दिन कैद र रु छ लाख ९६ हजार १०० जरिवाना फैसला गरेकामा फरार रहेका प्रधानाङ्गलाई भक्तपुरको प्रहरी टोलीले सोमबार पक्राउ गरी भक्तपुर जिल्ला अदालतमा पेश गरेकामा फैसला कार्यान्वयनका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँ पठाउने आदेश भएपछि कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर ।

त्यसैगरी विश्वराम लवजु चोरी मुद्दामा दोषी ठहर गर्दै जरिवाना फैसला भएका भक्तपुर नगरपालिका–९ कमलविनायक बस्ने ३९ वर्षीय सुमन भन्ने एकादशी प्याठलाई प्रहरीले सोमबार पक्राउ गरी जरिवाना असुल गरेको छ । भक्तपुर जिल्ला अदालतले गत माघ २७ गते रु ११ हजार जरिवाना फैसला गरे पनि फरार रहेका प्याठलाई पक्राउ गरी जरिवाना असुल गरिएको प्रनाउ गिरीले जानकारी दिए ।

प्रकाशित मिति : July 21, 2020 at 11:16 am