२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

गण्डकी प्रदेशमामा थप ९ जनामा कोरोना पुष्टि

६ साउन, पोखरा  । गण्डकी प्रदेशमामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ जना संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ जना र बेनीमा १ जना  छन् । यसैगरि, स्याङ्जाको फेदीखोलामा ३ जना र बागलुङको ताराखोलामा ३ जना संक्रमित थपिएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितकाे  संख्या १३२९ पुगेको छ । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । भनेकाे  ४ जनाकाे कोरोना संक्रमणबाट मृत्यु भएकाे छ ।

प्रकाशित मिति : July 21, 2020 at 11:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/