९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

पहिरोमा पुरिएर धादिङकाे त्रिपुरासुन्दरीमा एकै परिवारका ३ जनाको मृत्यु

३ साउन, घादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिराले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पहिरोले घर पुरिँदा २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।

पहिरो बिहान चार बजेतिर पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तिनजनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : July 21, 2020 at 9:14 am