साेमबार १८६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ८४४ पुग्याे
५ साउन, काठमाडाैँ । साेमबार १८६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार साेमबार थप १८६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ८४४ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १७३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११८६८ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । ७ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।
प्रकाशित मिति : July 20, 2020 at 4:30 pm



