गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
५ असार, पोखरा । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । पोखरा महानगरपालिकामा ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै तनहुँका २ जना , स्याङ्जाका १ जना र लमजुङका १ जनामा काेराेना पुष्टि भएकाे छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ ।
प्रकाशित मिति : July 20, 2020 at 1:21 pm



