दार्चुलामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु
५ साउन, कैलाली । दार्चुलामा पहिरोमा पुरिएर २ जनकाे मृत्यु भएकाे छ । दार्चुला जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा आमा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरती ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अविरल वर्षाका कारण पहिरोले घर भत्किदा उनिहरूकाे मृत्यु भएकाे हाे ।भने, ‘परिवारका अन्य सदस्य सकुशल छन् ।’ गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका हुन् ।
प्रकाशित मिति : July 20, 2020 at 12:18 pm



