१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दोस्रो पटक बजार खुलेको १ मिनेटमै फेरि लाग्यो सर्किट, ४० मिनेटका लागि बजार बन्द

५ साउन, काठमाडाैँ । सोमबार नेप्से परिसूचक ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको छ। बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो । दोस्रो सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेटको लागि स्थगित भएको छ।

बजार खुलेको एक मिनेटभित्रै नेप्से ४ प्रतिशत बढेर पहिलो सर्किट लागेर कारोबार २० मिनेटको लागि स्थगित भएको थियो। पहिलो सर्किट लागेर २० मिनेट स्थगित भएर खुलेको बजार पुनः १ मिनेटमा नै थप १ प्रतिशत बढेर बन्द भएको हो।

आज हालसम्म १२२ कम्पनीका २ लाख २३ हजार ६ सय ९६ कित्ता शेयर खरिद बिक्रिबाट ९ करोड १९ लाखको कारोबार भएको छ  । आज कारोबारमा सबै समुहगत सूचक बढेका छन् भने कारोबारमा आएका कुनै पनि कम्पनीको शेयर मूल्य घटेको छैन  ।  यसअघि आइतबार पनि बजारमा ३ पटक सर्किट लागेपछि समय अगावै कारोबार बन्द भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार ११:३१