९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने मामा पक्राउ

४ साउन, काठमाडाैँ । आफ्नै भान्जाको अपहरण गरी हत्या गर्ने एकजना १३ वर्षपछि पक्राउ परेका छन् । महानगरिय अपराध महाशाखाको टोलीले भारतको मुजफ्फापुरका ४५ वर्षीय राजेश कुमार गुप्तालाई पक्राउ गरेको हो । महाशाखाको टोलीले उनलाई सर्लाहीको मलंगवा ८ गोरखकाली भन्ने ठाउँबाट पक्राउ गरिएको महाशाखाका एसएसपी दीपक लामाले बताउनुभयो ।

अभियुक्तले २ लाख ५० हजार फिरौती मागेका थिए । पछि २ लाखमा कुरा मिलेको थियो । यद्यपी अभियुक्त आफैले फिरौतीबाफतको २ लाख रुपैयाँ त्रिभुवन पार्कमा लिएर गएको उहाँले बताउनुभयो । शव व्यवस्थापनपछि छट मान्न जान्छु भनेर उनी भारत गएको र उतै बसेको उहाँले बताउनुभयो । घटनामा संलग्न धादिङका विष्णु सुनारलाई प्रहरीले सोही वर्ष मंसिर १२ गते पक्राउ गरेको थियो ।

उनकै बयानका आधारमा गुप्ताको खोजीकार्य जारी रहेको थियो । वि.स. २०६४ साल असोज २४ गते खिचापोखरी बस्ने रोहित गुप्तालाई उनले अपहरण गरी हत्या गरेका थिए । शव ३ दिनपछि मात्रै फेला परेको थियो ।

प्रकाशित मिति : July 19, 2020 at 2:47 pm