९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ५०२ पुग्याे

३ साउन, काठमाडाैँ । शनिबार ५७ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शनिबार थप ५७ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ५०२जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा १०३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 18, 2020 at 4:28 pm