९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

शुक्रबार १०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ४४५ पुग्याे

२ साउन, काठमाडाैँ । शुक्रबार १०१ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार शुक्रबार थप १०१ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ४४५ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २८५ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ५ सय ३४ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४० जना पुगेकाे छ । ५ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 17, 2020 at 4:30 pm