१५ जेष्ठ २०८३, शुक्रबार | Sat May 30 2026

सेयर धितो कर्जाको सिमा ७० प्रतिशत पुग्याे

२ साउन, काठमाडाैँ । सेयर धितो कर्जाको सिमा ७० प्रतिशत पुगेकाे छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् । यसअघि उक्त कर्जाकाे सीमा ६५ प्रतिशत रहेकाे थियाे ।

गभर्नर अधिकारीले सेयर धितो कर्जाको मुल्यांकन गर्न १२० दिनकाे समय तोकिएको जानकारी दिए । यसअघि १८० दिन रहेको थियो ।

प्रकाशित मिति : July 17, 2020 at 3:32 pm