१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नेप्सेमा ५ कम्पनीको शेयर सूचिकृत

२ साउन, काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा यस साता युनाइटेड फाइनान्स लिमिटेडकाे ३ लाख ३ हजार १ सय ५५ दशमलव ७२ कित्ता बाेनस शेयर सूचिकृत भएको छ ।

यसैगरी मन्जुश्री फाइनान्स लिमिटेडकाे १ लाख ४० हजार ७ सय १० दशमलव ५४ कित्ता बाेनस शेयर सूचिकृत भएको छ । यस्तै छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३२ लाख कित्ता बाेनस शेयर सूचिकृत भएको छ ।

यसैगरी  मितेरी डेभलपमेण्ट बैंक लिमिटेडकाे १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता बाेनस शेयर सूचिकृत भएको छ । यस्तै
नेपाल एसबीआई बैंक लिमिटेडकाे ‘१० प्रतिशत नेपाल एसबीआई बैंक डिबेन्चर २०८६’ को २० लाख ३३ हजार ८ सय ८८ कित्ता डिबेन्चर सूचिकृत भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार १४:४८