१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

नबिल बैंकको ३६औं वार्षिकोत्सव अफर सार्वजनिक

२ साउन, काठमाडाैँ । वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले “३६औं वार्षिकोत्सव योजना” सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने छ । जस अन्तर्गत बैंकले घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्रतिशत छुट दिने भएकाे हाे ।


सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरूबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार ११:४७