९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

२ साउन ,काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक  कोरोना संक्रमितको मृत्यु भएको हो।  सप्तरी जिल्लाका ७३ वर्षीय वृद्धको बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताएका छन् । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो ।

फाइल फाेटाे

बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार मृत्यु भएकाे प्रवक्ता डाक्टर सापकोटाले बताएका छन् । उनले भने,’ अहिले शव व्यवस्थापनको तयारी भइरहेको छ। अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको छ।‘ योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेकाे छ।

प्रकाशित मिति : July 17, 2020 at 11:16 am