५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आँखै अघि गोली लागेर ढल्दा पनि प्रहरी रमिते बन्योः पीडित कार्की

–विरू भण्डारी 

१३ जेठ, कैलाली । कैलालीमा लुटेराको गोली लागि गम्भीर घाइते भएका निर्मल कार्कीले प्रहरी आँखा अघि आफू माथि गोली प्रहार भएको बताएका छन ।

उनले सेती अञ्चल अस्पतालको शैयाबाट भने जहाँ मलाई गोली प्रहरा भयो त्यहाँ प्रहरी उभिएर रमिता हेरिरहेका थिए । उनले भने ‘म बैंकबाट पैसा झिकेर कार्यालय तर्फ निस्कदै थिएँ, बीच सडकमै म माथि गोली प्रहार भयो, गोली लागेपछि म ढलें । मोटरसाइकलमा रहेका दुई जना मध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लग्यो । छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् ।’

कार्की माथि आइतबार बिहान पधनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली प्रहार भएको थियो ।

यो पनि पढ्नुहोस्

–गोली हानेर रकम लुट्ने दुई जना ९ लाख सहित समातिए, प्रहरीले लुटेराको नाम गाेप्य राख्यो

–कैलालीमा आईएमईको कर्मचारी निर्मल कार्कीमाथि गोली प्रहार, कार्यालय लादैँ गरेको ९ लाख लुटियो

प्रकाशित मिति : १३ जेष्ठ २०७५, आईतवार १२:४२