१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

यसकारण म केपी ओलीको नयाँ फ्यान


पत्रकारिता र साहित्य दुबै क्षेत्रमा कलम चलाउने प्रतिभाशाली व्यक्ति हुन अश्विनी कोइराला । नेकपा भित्र भारतीय प्रभावमा शीर्ष नेता नै सरकार ढाल्ने खेलमा लागेपछि तरंगित बनेको राजनीतिवृतमा चर्चा हुनेगरी कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा एउटा प्रतिक्रिया लेखे जुन सयौँले मनपराएर आफ्नो वालमा सेयर गरेका छन । धेरै रूचाएको कोइरालाको यो टिप्प्णी हामीले हाम्रा पाठकका लागि पनि ज्ञान हुन्छ भन्ने हेतुले यहाँ प्रकाशन गरेका छौँ । -सम्पादक

-अश्विनी कोइराला

१) यसकारण,
तीन तीन जना पूर्व प्रधानमन्त्रीले ¥याख¥याख्ती पारेर जबरजस्ती कुर्सीबाट झार्न खोज्नु र बिरामी मान्छेलाई बसिखान नदिनु गर्दा पनि उनीहरुको पदलोलुपता सार्वजनिक गर्ने हिम्मतका कारण ।

केपी बासँग मैले सिकेँ– कसैले पेलेरै किनारा लगाउन खोज्छ भने अन्तिम अवस्थासम्म लड तर गलत गठबन्धनका विरुद्ध अन्तिम अवस्थासम्म सम्झौता नगर ।

२) यसकारण,
हिजोसम्म नेपाललाई आफ्नो बपौती ठान्ने भारतीय शासक र त्यसका जासुसी संस्थाहरुले नेपालले के भन्छ, के गर्छ भन्ने चासो दिन बाध्य बनाएका कारण । केपी बासँग मैले सिकेँ—तथ्यले संकेत गर्छ भने बदनामी सहेर पनि आफ्नो कुरा राख ।

३) यसकारण,
मृत्यु नजिक आएको देखे पनि आत्मविश्वासले काललाई जित्ने र यो कहिले मर्छ र भाग पाउँला भनेर दुष्ट कल्पना गर्नेलाई छक्क पार्ने जीवन पाएकोमा । केपी बासँग मैले सिकेँ— जीवनमा आशावादी भएर बाँच । यति ठूलो कल्पनामा गर कि रेल र पानीजहाज चलाउन नसके पनि आफ्नो जीवन सफल पार ।

४) यसकारण,
पञ्चायत, राजासहितको प्रजातन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता सबै जनतालाई भुलभुलैयामा राख्ने चकलेट थिए । प्याकेटमा भएका यी सबै चकलेट सकिएपछि केपी बाले पानी जहाज, रेल र स्थायी सरकारको सपना देखाए । अरुले सपना देखाउँदा हुने, केपी बाले नहुने ?
मैले सिकेँ— ठूलो मान्छे हुनु छ भने सपना बेच । जसले ठूलो सपना बेच्न सक्छ, उही ठूलो मान्छे हुन्छ ।

यी चार कारणले म उनको नयाँ फ्यान भएका छु । मेरो क्षेत्रबाट केपी ओलीले निर्वाचन उठे वा यो अप्ठ्यारो बेला उनलाई साथ दिने कोही खडा भए भने म मात्रै होइन, मेरा वरपरकालाई कन्भिन्स गरेर केही भोट हाल्न लगाउने छु । यो बेला सरकार हटाउने खेलामा लाग्ने नेकपाका कुनै नेता मेरो क्षेत्रबाट उठे भने दिलो ज्यान लगाएर हराउने छु । यो मेरो खुला स्टेटमेन्ट प्रति कसैको चित्त दुख्छ भने दुखोस् । तिम्रो बुद्धी पलाओस् भनेरै यो लेखेको हुँ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार ०८:५३

https://srdb.com.np/