९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

बिहिबार १६७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १७ हजार ३४४ पुग्याे

१ साउन, काठमाडाैँ । बिहिबार १६७ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बिहिबार थप १६७ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ३४४ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा २१३ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २ सय ४९ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३९ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 16, 2020 at 4:27 pm