आजदेखि साझा यातायातद्धारा काठमाडौँ उपत्यकामा बस सेवा सञ्चालन
१ साउन, काठमाडाैँ । साझा यातायातले आजदेखि काठमाडौँ उपत्यकामा बस सेवा सञ्चालन गरेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई उपत्यकाका सबै रुटमा बस सेवा सञ्चालन गरिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बताउनुभयो ।


साझा बसमा यात्रुले अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने छ । यस्तै बस भाडाका लागि खुद्रा पैसाको व्यवस्था पनि यात्रु आफैले गर्नुपर्ने पाण्डेले बताउनुभयो । साझा यातायातले सरकारले तोके अनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा उठाउनेगरी बस सेवा सुचारु गरेको हो । साझा यातायातले लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, बुढानिलकण्ठ, सुर्यविनायक लगायतका रुटमा बस सञ्चालन गरेको छ ।

प्रकाशित मिति : July 16, 2020 at 3:42 pm



