९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सरकारविरूद्ध समाचार लेख्न कागज बाँड्ने टीकाराम राई बर्खास्त, भण्डारीको पालो कहिले ?

१ साउन, काठमाडाैँ । सरकारविरूद्ध समाचार लेख्न गोरखापत्र संस्थानको कागज बाँडेको आरोप लागेका व्यवस्थापन सल्लाहकार टीकाराम राई बर्खास्त भएका छन । सरकारले राईलाई विभिन्न विषयमा स्पष्टिकरण सोधेको थियो । राईले स्पष्टिकरणको साटो सञ्चारमाध्यमाबाट गल्ती कमजोरी ढाक्नका लागि मिडिया प्रोपोगाण्डा चलाएका थिए । बिहीबार राई आफैँले आफ्नो बर्खास्तीको पुष्टि गरेका छन ।

सामाजिक सञ्जाल फेसबुकमा बर्खास्ती पुष्टि गर्दै राइले लेखेको प्रतिक्रिया ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीका अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले राईलाई हटाउने निर्णय गरेको हो । राईलाई बर्खास्त गरेसँगै रिपोर्टरको कोटामा विदेश जाने अध्यक्ष कृष्णमुरारी भण्डारीलाई पनि हटाउने प्रक्रिया सुरू भएको बुझिएको छ । भण्डारीले गोरखापत्रका लागि भन्दा पनि केही व्यक्तिका लागिमात्र काम गर्ने गरेको आरोप लागेको छ ।

यस्तो भएको थियो

भण्डारी र राईले नेतृत्व गरिरहेको समयमा संस्थानभित्रबाटै कागज हरायो । महिनौँपछि थहा भयो सरकारविरूद्ध समाचार लेख्नका लागि नीति नियम सबै कुल्चेर १० टन कागज नगरिक दैनिकमा पठाइएको रहेछ । गोरखापत्र कुनै पनि नियम, विनिय र कार्यविधिले त्यसरी नागरिक दैनिकलाई कागज दिने अधिकार दिएको छैन । तर उनीहरूले दिए । आम नेपाली जनताले कर तिरेको पैसाबाट सरकारले अनुदान दिएर चल्ने गोरखापत्रमा यस्तो प्रवृति जन्माउने र विकास गर्ने काममा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष भण्डारी र व्यवस्थापन सल्लाहकारको नियुक्ति लिएर प्रशासन चलाइरहेका राई नै थिए ।

तस्बीरः गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी र व्यवस्थापन सल्लाहकारको नियुक्ति लिएर प्रशासन चलाइरहेका टीकाराम राई ।

केही समय अघि सञ्चार माध्यममा हुँदै नहुने घटना गोरखापत्रमा देखियो । गोरखापत्र दैनिकको दुइ पाना गायब पारेर नयाँ पत्रिकाको पृष्ठ छापियो । स्रोतका अनुसार त्यसको पनि मुख्य दोषी भण्डारी र राई नै हुन । गोरखापत्रको पृष्ठ ४ र १३ मा गोरखापत्रको सामाग्री नभएर नयाँपत्रिका दैनिकको सामग्री छापियो । त्यसमा अोठे जवाफ दिएर नेतृत्व पन्छन खोज्यो ।

प्रदेश नम्बर ५ को कोहलपुरबाट क्षेत्रीय संस्करण प्रकाशन आरम्भ गरेको गोरखापत्रले तीन प्रदेशलाई केन्द्रमा राखेर समाचार सामग्री प्रकाशन गर्छ । कोहलपुरमा राज्यको सञ्चारसंस्था भनेर चिनिएको पत्रिका नयाँपत्रिकाको प्रेसमा लगेर छापिन्छ । गोरखापत्र स्रोतका अनुसार यसरी नयाँ पत्रिकाको प्रेसमा लगेर पत्रिका छाप्ने निर्णय गर्ने पनि भण्डारी र राई नै हुन ।

गोरखापत्र दैनिकको सम्पादकीय पृष्ठ नै गायब गरेर अर्को प्रतिस्पर्धी सञ्चारमाध्यमको पृष्ठ छापिदाँ व्यवस्थापनको जिम्मेवारी लिनेले नैतिकको आधारमा राजिनामा दिनुपर्ने हो । तर अध्यक्ष र व्यवस्थापन सल्लाहकार दुबैले अटेर गरे । नैतिकताको नसम्म पनि उच्चारण गरेनन् । परिणाम स्वरूप सरकारले राईलाई व्यवस्थापन सल्लाहकारबाट बर्खास्त गरेको छ ।

यो पनि पढ्नुहोस् 

-गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त उपाध्यायसहित चार विरूद्ध भ्रष्टाचार मुद्दा

-गोरखापत्र संस्थानको १० टन कागज हरायो, नयाँ नेपालको प्रभावकारिता जाँच्ने नाममा १९ लाख स्वाहा

-गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी रिपोर्टरको कोटामा राष्ट्रपतिसँगै विदेश

-आर्थिक वर्षको अन्त्यमा पनि गोरखापत्रमा कांग्रेस कार्यकर्ताको भर्ति रोकिएन, अध्यक्ष मुकदर्शक

-कागज खरिदमा भ्रष्टाचार गरेका गोरखापत्रका महाप्रबन्धक बसन्त उपाध्याय दोस्रो पटक बर्खास्त

प्रकाशित मिति : July 16, 2020 at 2:53 pm