९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

सिन्धुपाल्चोकको फुल्पिङ पहिरोमा वेपत्ता हुनेको पहिचान खुल्यो

१ साउन, सिन्धुपाल्चोक । गएराति अविरल वर्षाका कारण पहिरो आउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा झरेको पहिरोमा परेकाको परिचय खुलेको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा एकाघरका वर्ष १६ का याङ्जी शेर्पा, वर्ष १४ का छिरिङवागु शेर्पा, वर्ष ७५ का सुमवुट्टी शेर्पा, वर्ष ३५ का साङ्बु शेर्पा र वर्ष ४० का सेमङ शेर्पा रहेका छन् । एउटा स्कूलमा पनि पहिरोले क्षति पुर्याएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिनुभयो । उद्धारका लागि घटनास्थलमा प्रहरी अझै पुग्न सकेको छैन ।

प्रकाशित मिति : July 16, 2020 at 10:38 am