९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मेलम्ची खानेपानी आयोजनाको बाँध फुटेर बेपत्ता भएका इञ्जिनीयरको शव भेटियाे

३१ असार, काठमाडाैँ । मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव भेटिएको छ ।परीक्षणका क्रममा सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो १२ बजे दुई जना बेपत्ता भएका थिए ।

फाइल फाेटाे

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनियर सतिस गोहितको शव आज अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजिकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगरको खोजी जारी रहेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : July 15, 2020 at 6:45 pm