९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मंगलबार काठमाडाैँका २ सहित थपिए ११६ कोरोना संक्रमित, संक्रमितकाे संख्या १७ हजार नाघ्याे

२८ असार, काठमाडाैँ । मंगलबार काठमाडाैँका २ सहित ११६ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार मंगलबार थप ११६ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १७ हजार ६१ जना पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा ३४ जना निकाे भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार ३२८ जना पुगेको छ । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३८ जना पुगेकाे छ । ४ वटा जिल्ला काेराेना मुक्त भएकाे छ ।

प्रकाशित मिति : July 14, 2020 at 4:25 pm