९ श्रावण २०८३, शनिबार | Sat Jul 25 2026

मेलम्ची सुरूङकाे १७ नम्बर गेट फुट्दा इन्जिनियरसहित २ जना बेपत्ता

३० असार, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छोडेको पानीमा दुई जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर– १ मा रहेको १७ नम्बर गेट फुटेर निस्किएको पानीले बगाउँदा आयोजनामा कार्यरत इञ्जिनीयर सतिश गोहित र चालक राधाकृष्ण थापा मगर बेपत्ता भएका छन् ।

पानीले बा१झ ६७६४ नम्बरको गाडी समेत बगाएको छ । गाडी केही तल खोलामा भेटिएको प्रहरीले जनाएकाे छ । गोहित र थापासँगै पानीले बगाएका शेखर खनाल र पेम्बा दोर्जेलाई उद्धार गरिएको छ । उनीहरूलाई मेलम्ची क्षेत्रीय अस्पतालमा प्रारम्भिक उपचारपश्चात हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदैछ ।

१७ नम्बर गेटमा समस्या देखिएपछि मर्मतका लागि गएकाहरूलाई बगाएको हाे । आयोजनाको सुरुङ परीक्षणका लागि केही दिनयता पानी हालिएको छ ।

प्रकाशित मिति : July 14, 2020 at 2:49 pm