९ लाख ३४ हजार घुससहित नारायणकाजी श्रेष्ठ रंगेहात पक्राउ
३० असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सिँचाइ कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ। अख्तियारकाे टाेलीले उनलाई मंगलबार कार्यालय खुल्नासाथ सेवाग्राहीसँग ९ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हाे ।

काठमाडौँबाट स्टिङ अपरेशनका लागि खोटाङ पुगेको अख्तियारको टोलीले उनलाई कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो।
प्रकाशित मिति : July 14, 2020 at 12:53 pm



