काठमाडाैँ उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि
२९ असार, काठमाडौँ । बितेको २४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौँ उपत्यकामा ९ जनामा काेराेना संक्रमण पुष्टि भएको बताएका छन् ।

टेकु अस्पतालमा गरिएकाे परिक्षणमा २ जना र त्रिवि शिक्षण अस्पतालमा गरिएकाे परिक्षणमा १ जनागरि काठमाडाैँमा ३ जना, भक्तपुरमा १ जना र ललितपुरमा ५ जना काेराेना पुष्टि भएकाे छ ।
प्रकाशित मिति : July 13, 2020 at 4:54 pm



