८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

बलिउड अभिनेता अनुपम खेरको परिवारलाई कोरोना संक्रमण

२९ असार, काठमाडौँ । बलिउडका अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार बिहान अनुपमले आफ्नो ट्वीटरमार्फत उक्त कुराको जानकारी दिएका हुन्। गए राती अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएसँगै सामाजिक संजालमा बच्चन परिवारका लागि शुभकामना दिनेको ओइरो लागेको छ।

तर, सो लगत्तै आइतबार बिहान अनुपम खेरले ट्वीट गर्दै आमा, दाइ, भाउजू र भतिजीलाई कोरोना पोजिटिभ पाइएको बताएका छन्। उनले आफ्नी आमा दुलारीलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको पनि ट्वीटरमा लेखेका छन्। अनुपमले सतर्क रहँदा रहँदै पनि आफ्ना परिवारलाई संक्रमण भएकाे बताएका छन्। अनुपम खेरको परीक्षणमा भने कोरोना नेगेटिभ पाइएको छ।

प्रकाशित मिति : July 13, 2020 at 10:38 am