कार्यालयभित्रै पुगेर प्रहरीलाई घुस दिन खोज्ने २ जना पक्राउ
२९ असार , दाङ । प्रहरी कार्यालयभित्रै पुगेर प्रहरीलाई लागु औषध मुद्दा मिलाइदिन भन्दै एक लाख ५० हजार रकम दिन खोजेको आरोपमा २ जना पक्राउ परेका छन्। दाङको घोराही उपमहानगर वडा नम्बर १८ सुपैला कुटीका २७ वर्षीय गोविन्द शाह र प्यूठान स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ भिङ्ग्रीका घर भइ हाल दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही बस्दै आएका ३० वर्षीय समीर भण्डारी पक्राउ परेका हुन्।

शनिबार अपरान्ह ५ बजेतिर वडा प्रहरी कार्यालय घोराहीमा पुगेर कार्यालय प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाललाई कार्यकक्षमै १ लाख ५० हजार घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्। पक्राउ परेका व्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटवल पठाइएको उनले बताएका छन्।
प्रकाशित मिति : July 13, 2020 at 9:21 am



