८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

चौतारा नगरपालिकाद्धारा भोटेकोशी र बाह्रबिसेका पहिरोपीडितलाई ५ लाख सहयोग

२९ असार, मेलम्ची । चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ ।

असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिनुभयो । पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।

प्रकाशित मिति : July 13, 2020 at 9:05 am