२६ जेष्ठ २०८३, मंगलबार | Tue Jun 9 2026

सगरमाथा नेपालको पहिचान र गौरवः अध्यक्ष प्रचण्ड

१२ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपालीको पहिचान अन्तराष्ट्रिय क्षेत्रमा फैलाउन सगरमाथाको महत्वपूर्ण योगदान रहेको बताएका छन् ।

अन्तराष्ट्रिय सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोही संघले आज आयोजना गरेको कार्यक्रममा आरोहणका क्रममा धेरै मानिसले जीवनको उत्सर्ग पनि गरेका छन् तर आरोहण अभियानबाट प्रकृतिसँग मानिसको संवाद वा अन्तक्र्रियासमेत बेजोडरुपमा अगाडि बढेका र नेपालको प्रचार अन्तराष्ट्रिय क्षेत्रमासमेत भएको भएको दाहाले बलाए ।

अध्यक्ष दाहालले नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन, विश्वभरिका जनताको एकता र गौरवलाई पनि सगरमाथाले केन्द्रित गरेको बताएका छन् ।

सगरमाथा आरोही संघले मानवसेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उनले उक्त कार्यको प्रशंसा गरेका छन् ।

प्रकाशित मिति : May 26, 2018 at 5:02 pm