सुर्खेतका १ थुनुवामा कोरोना संक्रमण पुष्टि, थुनुवा कक्ष सिल
२८ असार, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका १ थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वीरेन्द्रनगरका ३६ वर्षीय ती युवक १४ गते हाडनाता करणीको अभियोगमा पक्राउ परेका थिए। हिरासतमा रहेका थुनुवाहरुको अनिवार्य पीसीआर गर्ने अदातलको आदेस अनुसार २० गते उनको स्वाब संकलन गरिएको थियो ।

कोरोना संक्रमित पीडक, उनीबाट पीडित र पीडितका परिवारसहित सम्पर्कमा रहेको आफन्त तथा प्रहरीसहित २२ जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरी प्रयोशालामा पठाइएको प्रहरीले जनाएको छ। असार १४ गते पीडितको उजुरीका आधारमा पक्राउ गरिएकाे उनलाई हिरासतमा राख्नु अघि आरडिटी गरिएको थियो। आरडिटी गर्दा उनमा कोरोना रिपाेर्ट नेगेटिभ देखिएको थियो। तीमध्ये अरू ५ जनामा भने कोरोना रिपाेर्ट नेगेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति : July 12, 2020 at 1:25 pm



