८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११९२ पुग्याे

२८ असार, पोखरा । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा आइतबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार तनहुँमा ६ जना, पर्वतमा २ जना, बागलुङमा २ जना र लमजुङमा २ जना, नवलपुर (बर्दघाट सुस्तापूर्व) मा १ जना , स्याङ्जामा १ जना र गोरखामा १ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएका १५ जनासहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११९२ जना पुगेको छ । जसमध्ये ७३६ जना भने डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : July 12, 2020 at 11:45 am