केएमसी अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
२७ असार , काठमाडौँ । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँ गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा गत बिहीबार मृत्यु भएको थियो। मृत्यु भएपछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शुक्रबार बेलुकी नतिजा आउँदा काेराेना पोजेटिभ आएको हो।

उनको शव शनिबार बिहानै नेपाली सेनाको टोलीले दाहसंस्कारको लागि लगेको अस्पतालले जनाएको छ। उनी गत असार १९ गते अस्पताल भर्ना भएका थिए। उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। मृत्युको स्वाथ्य मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ।
प्रकाशित मिति : July 11, 2020 at 12:08 pm



