नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएका जी न्यूजका सम्पादकले माफी माग्दै गरे ट्वीट डिलिट
२६ असार, काठमाडाैँ । नेपालमा भारतीय निजी न्यूज च्यानलको प्रशारण बन्द भएपछि आपत्तिजनक अभिव्यक्ति दिएका ‘जी न्यूज’का प्रधान सम्पादक सुधीर चौधरीले माफी मागेका छन् । बिहीवार चौधरीले ‘नेपालविरुद्ध भारत सरकारले कुनै कारवाही गर्नै परेन, सेना प्रयोग गर्नै परेन भारतीय मिडियासँग नै डरायो, टीभी एंकरसँग नै डरायो नेपाल’ भन्ने आशयको ट्वीट गरेका थिए ।

उक्त ट्वीटको नेपालमात्र होइन भारतमा समेत तीव्र आलोचना भएपछि चौधरीले ट्वीट डिलिट गर्दै माफी पनि मागेका छन् ।’मेरो ट्वीटका कारण नेपालस्थित हाम्रा दर्शकलाई चोट पुग्यो । भारतमा पनि धेरैले मलाई भन्नुभयो कि– यो ठीक भएन । शायद हुनसक्छ, मैले आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएँ । यो अभिव्यक्तिको मञ्च हो, न कि कसैलाई चोट पुर्याउने । त्यसकारण खेद प्रकट गर्दै उक्त ट्वीटलाई हटाउँदै छु,’ चौधरीले शुक्रवार गरेको अर्को ट्वीटमा लेखेका छन् ।
प्रकाशित मिति : July 10, 2020 at 5:41 pm



