८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

५० लाख घुस मागेकाे आराेपमा ज्योतिष अर्जुन क्षत्री पक्राउ

२६ असार, काठमाडौँ । ज्योतिष अर्जुन थापा क्षत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार क्षत्रीसहित ३ जनालाई पक्राउ गरेको हो । आफूलाई ‘अख्तियारको सहसचिव’ भन्दै ठगी गर्दै हिँडेको आरोपमा क्षत्रीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएकाे छ ।


नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भयो भन्दै क्षत्रीसहितको टोलीले ४ करोड मागेका थिए । बार्गेनिङको क्रममा ५० लाखमा कुरा मिलेपछि उक्त रकम लिन जाँदा क्षत्रीसहित ३ जना पक्राउ परेका हुन् । क्षत्री यसअघि पनि नेपाल ठूलो भूकम्प आउन सक्ने भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : July 10, 2020 at 10:09 am