८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

राष्ट्रपति भण्डारीद्धारा बाह्रबीसे घटनाप्रति दुःख व्यक्त

२५ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ ।


आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्नुभएको छ ।

प्रकाशित मिति : July 9, 2020 at 6:07 pm