सामाजिक सन्देशमुलक कविता ‘बारपाक’
–शङ्करनाथ रिमाल
“भूकम्प आउँछ, नेपाल भूकम्पीय क्षेत्रमा परेकाले यहाँ ९० देखि १२० वर्षभित्र ठूलो भूकम्प आउँछ ।” – यो त सबैले भनिआएकै कुरा थियो । तथापि भूकम्प कहिले, कसरी र कहाँ केन्द्रविन्दु बनाई कत्रो आउँछ, यो कसैले भन्न सकेका थिएनन् । समय समयमा यसपालि त यो यो कारणले फलानो दिन भूकम्प आउँछ भनी किटान गर्नेहरुको पनि कमी त थिएन तर भूकम्प आउने दिन भने कसैले भने जस्तो गरिआएन । यसका आफ्नै कारण आफ्नै चाल र तरिकाबाट आयो । वि.सं. १९९० का करिब ८१ वर्षपछि २०७२ वैशाख १२ गते र त्यसपछि पनि अरु धेरै परकम्प र दुईवटा ठूला परकम्प लिएर आयो ।
भूकम्पबारे अध्ययन गरिरहेका र सो सम्बन्धी विद्वान्हरुले धेरै जनको क्षति हुने भनी अन्दाज गरे पनि शनिबार मध्याह्न १२ बजेतिर आएको भूकम्पले जनको क्षति आकलन गरेको भन्दा कमै थियो तर पनि यो भूकम्पले करिब नौ हजार तथा गाउँका गाउँबस्तीमा ठूलो क्षति ग¥यो । सामाजिक तथा मानसिक क्षतिको त लेखाजोखा कसरी गर्न सकिएला ? यति साह्रै ठूलो क्षतिको हिसाबकिताब गर्न त अझ कठिन छ ।
कवि श्याम रिमालले भौतिक र मानसिक क्षति दुवैलाई संवेदनशील भई अध्ययन मनन गरी लेख्नुभएको कविता मैले अध्ययन गर्ने मौका पाएँ । कविले भूकम्पले ल्याएका त्रास, विपत्ति, मानसिक र भौतिक समस्यालाई औ“ल्याउँदै भूकम्प ७२ लाई चित्रण गरी कवितामा उतार्नुभएको छ । यसमा जीवनका अन्य आफ्नै आयाम पनि छन् जसलाई उहाँले “जीवन र जगत् छउन्जेल नै त यहाँ विपत्ति आउँछ । विपत्तिपछि नै एउटा नौलो संसार सबका सामु मुस्कुराउँदै उभिन्छ” भनी विपत्ति त विभिन्न प्रकारका हुन्छन्, जसलाई जीवनमा सामना गर्दै जानुपर्छ भनी निराश नहुन प्रेरणा प्रदान गर्नुभएको छ । विपत्तिका बारेमा धेरै व्याख्या पनि उहाँले गर्नुभएको छ ।
उहाँको कवितासङ्ग्रहमा हाम्रा धेरै सम्पदा र गाउँघरका जनजीवनको चित्रणका साथै यस विपत्ले ल्याएका सामाजिक विकृति जस्तै हात थापी खाने याने कि परजीवी हुन सक्ने प्रवृत्तिलाई व्यङ्ग्यात्मक तरिकाले चित्रण गरी सामाजिक जागरणको पनि सन्देश दिनुभएकाले यो कवितासङ्ग्रहले पछिसम्म पनि ७२ को भूकम्प र यसका प्रभाव जनसमक्ष पुर्याउला । अन्त्यमा, श्यामजीलाई यति राम्रा र सामाजिक सन्देशमूलक कविता लेखेकामा र मलाई मेरा दुई वचन कोर्ने अवसर
प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार १४:२०