१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

तनहुँकाे व्यासमा विवाह सम्पन्न भई अन्माउने बेलामा मण्डपबाटै बेहुलासहित ५ जना पक्राउ

२५ असार, तनहुँ । तनहुँकाे एक विवाह मण्डपबाटै बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–११ मा बेहुलासहित ५ जनालाइ प्रहरीले पक्राउ गरेकाे हो। तनहुँकै १४ वर्षीया बालिकासँग विवाह गरेको भन्दै गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई प्रहरीले विवाहकाे मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले विवाह सम्पन्न भई अन्माउन लागेकाे बेलामा बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डित समेत ५ जनालाई पक्राउ गरेकाे हाे । उनीहरुलाई बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ। २० वर्ष मुनि भएमा विवाह बदर हुन्छ।

प्रकाशित मिति : July 9, 2020 at 5:53 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/