किस्ट अस्पतालमा भर्ना भएकी गर्भवतीसहित ४ जनामा कोरोना संक्रमण पुष्टि
२५ असार, काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित किस्ट अस्पतालमा भर्ना भएकी १ गर्भवती महिलासहित ४ जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । संक्रमितहरूमध्ये धापाखेल निवासी २९ वर्षीय गर्भवती महिला , ज्वरो आएर आइसोलेसनमा भर्ना भएका ग्वार्कोका ११ वर्षीय बालक छन्।

यस्तै, ६५ वर्षीय पत्थरीका समस्या भएका पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएको छ। उनी सानागाउँ निवासी रहेको अस्पतालले जनाएको छ। अर्का संक्रमित भने ललितपुरकी ६६ वर्षीया महिला हुन्, उनलाई दमको समेत समस्या छ। ४ जना संक्रमितलाई पाटन अस्पताल ‘रिफर’ गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति : July 9, 2020 at 3:36 pm



