१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड चयन

२४ असार, काठमाडाैँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । स्वावलम्बन लघुवित्तले साउन १ गतेबाट लागू हुनेगरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेकाे हाे ।

कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएकाे कम्पनीले जानकारी गराएकाे छ । अब संस्थाकाे शेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडमार्फत हुनेछ ।

प्रकाशित मिति : July 8, 2020 at 6:17 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/