८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

नयाँ नक्सा बिरोधी सरिता गिरीको एक्लो समर्थक बनिन् मोहना अन्सारी, कारबाही फिर्ताको माग

२४ असार, काठमाडाैँ । राष्ट्रिय स्वाभिमानविरूद्ध उभिएर नेपालको पूर्ण नक्साको बिरूद्धमा अभिव्यक्ति दिएर देशहितविरूद्ध गतिबिधि गरेसँगै सांसद पद गुमाएकी समाजवादी पार्टीकी नेतृ सरिता गिरीको एक्लो समर्थकको रूपमा मोहना अन्सारी देखिएकी छिन । उनले गिरीको अभिव्यक्ति र गतिबिधिका कारण उनको पद निलम्बन हुनु खेदजनक भएको प्रतिक्रिया दिएकी छिन ।

राष्ट्रिय मानवअधिकार अायोगकी सदस्य समेत रहेकी अन्सारीले सरिता गिरीले त्यो सबै गर्न सवतन्त्र रहेको भन्दै उनको कारबाहीको निर्णय फिर्ता लिन माग गरेकी छिन । गिरी माथि कारबाही भएपछि सामाजिक सञ्जाल मार्फत अन्सारीले उनको कारबाही अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेको दलिल पेश गरेकी छिन ।

उनले भनेकी छिन ‘मा.सरीता गिरीलाई समाजवादीपार्टिले कथित छानवीन प्रतिवेदनको आधारमा कारवाही गरी निसकाशन र साँसदवाट निलम्वनहुने बिषय खेदजनक छ।सँसदमा आफनो धारणा स्वतन्त्र ढंगले राखेकै आधारमा कारवाही गर्ने कुरा अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यता विपरित रहेकोले निर्णय र्फितालिन अनुरोध गर्दछु ।’

त्यसअघि समाजवादी पार्टीले नेतृ गिरीलाई पार्टीबाट निष्कासन गरेको थियो ।  पार्टीबाट निष्कासन भएसँगै गिरीकाे सांसद पद समेत गुमेकाे छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले गिरीलाई कारबाही गर्ने निर्णय भएको जानकारी दिए ।

गिरीले सरकारले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न ल्याएको संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् । साेहि कारण उनकाे सांसद पद गुमेकाे छ ।

प्रकाशित मिति : July 8, 2020 at 8:45 am