८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

कोरोना कहरः भोली हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

२३ असार, काठमाडाैँ । कोरोना भाइरस कोभिड—१९ को असर रातो मच्छिन्द्रनाथको रथारोहणमा पनि परेको छ । भोली हुने भनिएको रातो मछिन्द्रनाथको रथारोहण कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थगित भएको छ । लक डाउन खुकुलो भएपनि उपत्यकामा संक्रमितहरुको संख्या बढ्दै गएपछि गुठी संस्थान ललितपुरले सूचना जारी गर्दै रथारोहण स्थगित भएको बताएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले रथारोहण र सो सम्बन्धि कार्यहरु स्थगित गर्ने निर्णय भएकाले सोही अनुसार गर्न संस्थानले आग्रह गरेको छ । असार १० गतेबाट निर्माणको काम सुरु भएको थियो । यसअघि लक डाउनका कारण चैत २८ मा पनि रथानिर्माणको काम स्थगित भएको थियो ।

वैशाख कृष्ण पक्षको प्रतिपदाबाट सुरु हुने जात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको छ । रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । यसअघि २०७२ सालमा भूकम्पका कारण तोकिएका मितिमा रथयात्रा भएको थिएन् । बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।

प्रकाशित मिति : July 7, 2020 at 6:42 pm